काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आधिकारिक वेबसाइटबाट गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरको नाम हटाएको छ।
कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थापासहित तीन जनाको तस्बिर र नाम पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको हो। महामन्त्री थापासँगै अर्का महामन्त्री शर्मा र सहमहामन्त्री मन्सुरको नाम अहिले वेबसाइट छैन।
विशेष महाधिवेशनबाट शर्मा उपसभापति र मन्सुर सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका छन्। सामाजिक सञ्जाल फेसबुकमा सभापति देउवा पक्षको पहुँचमा छ । सोहीकारण थापासहितलाई कारबाही गरिएको निर्णय त्यहाँ पोस्ट गरिएको छ । यता गगन समूहको पहुँचमा एक्स रहेको त्यहाँ विशेष महाधिवेशनको सूचनाहरू राखिएका छन् ।