काठमाडौँ । इरानमा प्रदर्शनकारीहरूले शनिबार राति पनि सडकमा प्रदर्शन जारी राखे, जहाँ सुरक्षा बलले पछिल्ला तीन दिनमा सयौँ मानिसलाई मार्ने वा घाइते गर्ने रिपोर्टहरू आएका छन्। इरानका प्रधान–अधिवक्ता अनुसार, कुनै पनि व्यक्ति प्रदर्शनमा सहभागी भएमा उनी भगवानका शत्रु मानिनेछन्, जसमा मृत्युदण्डको सजाय छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् कि इरानले “मानिसहरू मार्न थाल्यो भने” उनीहरूलाई कडा जवाफ दिइनेछ। इरानको संसदका अध्यक्षले भने, यदि अमेरिकाले आक्रमण गर्यो भने इजरायल र मध्यपूर्वका सबै अमेरिकी सैन्य र नौसैनिक ठेगानाहरू वैध लक्ष्य हुनेछन्। प्रदर्शनहरू मुख्यतः बढ्दो महँगीका कारण सुरु भएका थिए र अहिले १ सय भन्दा बढी सहर र गाउँमा फैलिएका छन्। प्रदर्शनकारीहरूले सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको पादरी शासन अन्त्यको माग गरेका छन्। खमेनीले प्रदर्शनकारीहरूलाई “सिर्फ ट्रम्पलाई खुसी पार्न खोज्ने भण्डाहरू” भनेका छन्। अमेरिकाका ट्रम्पले भने, “इरान अहिले स्वतन्त्रता खोज्दैछ। अमेरिका सहयोग गर्न तयार छ। मानवअधिकार समूहका अनुसार, पछिल्ला दिनमा १ सय भन्दा बढी मानिसहरू मारिएका छन्, जसमा सुरक्षा बल पनि छन्।
केही अस्पतालका कर्मचारीहरूले बीबीसीलाई भने अनुसार, रास्तको एउटा अस्पतालमा ७० शव पुगेको पुष्टि गरिएको छ भने तेहरानको अस्पतालमा करिब ३८ जनाको मृत्यु भएको छ। इरानको प्रहरी प्रमुखले प्रदर्शनकारीहरूसँगको सामना बढाइएको र “मुख्य व्यक्तिहरू” पक्राउ परेका बताएका छन्। मानवअधिकार समूहका अनुसार, प्रदर्शन सुरु भएदेखि २ अजार ५ सय भन्दा बढी मानिस पक्राउ परेका छन्।इनटरनेट बन्द र कडा सुरक्षा कारण, बाह्य सञ्चार र सूचना पुष्टि गर्न कठिन भएको छ। दोस्रो ठूलो शहर माशहदमा प्रदर्शनकारी र सुरक्षा बलबीच झडप भएको देखिएको छ। तेहरानको गिशा र पूनाक स्क्वायर क्षेत्रमा पनि प्रदर्शन जारी छ। विशेषज्ञका अनुसार, यो इन्टरनेट बन्द २०२२ को “महिला, जीवन, स्वतन्त्रता” आन्दोलनभन्दा कडा छ। अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूले पछिल्ला दुई हप्तामा कम्तीमा ७८ प्रदर्शनकारी र ३८ सुरक्षा कर्मी मारिएका रिपोर्ट गरेका छन्। केही स्रोतअनुसार १९२ प्रदर्शनकारीको मृत्यु भएको छ। यी प्रदर्शनहरू २०२२ को आन्दोलनपछि सबैभन्दा व्यापक भएको बताइएको छ, जुन मह्सा अमिनीको हिरासतमा मृत्यु पछि सुरु भएको थियो।