काठमाडौँ । चलचित्र ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले आज काठमाडौँमा आयोजित कार्यक्रममार्फत ट्रेलर सार्वजनिक गरेको हो सार्वजनिक ट्रेलरमा बुवा–छोरीको भावनात्मक कथा मुख्य रूपमा देखाइएको छ। आमा नभएको घरमा बुवाले छोरीको हेरचाह कसरी गर्छन् र छोरीले आमाको अभाव कस्तो महसुस गर्छिन्, त्यो ट्रेलरमा प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ।
ट्रेलरमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, शाइसा गौचन लगायतका कलाकारको अभिनय देख्न सकिन्छ। विशेषगरी, दयाहाङ, सिर्जना र प्रकाशबीचको त्रिकोणात्मक प्रेम र आमाको अभाव महसुस गर्दैछोरीलाई मातृत्व प्रदान गर्ने बुवाको प्रयासले दर्शकलाई इमोशनल बनाउने अपेक्षा गरिएको छ। चलचित्रमा आमाको अनुपस्थिति र छोरीको भावनात्मक संघर्षलाई उजागर गर्दै निमु शेर्पा, छोङ्बा लामा शेर्पा, आङछिरिङ शेर्पा निर्माता रहेको यस फिल्मलाई यम शेर्पा ले लेखन तथा निर्देशन गरेका हुन्। यार्सा फिल्मस ले प्रस्तुत गरेको ‘मिरमिरे’ माघ १ गतेदेखि प्रदर्शनमा आउँदैछ। देशभरको वितरणको जिम्मेवारी आरआर फिल्म्स ले लिएको छ।