काठमाडौँ । माघे संक्रान्ति अर्थात माघ १ गते प्रदर्शन हुने फिल्म ‘भाईरल गोर्खे’ को प्रचारप्रसार तिब्र बनाइएको छ। सोमबार काठमाडौँमा आयोजित पत्रकार भेटघाटमा मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठले फिल्म र आफ्नो पात्रबारे जानकारी दिएका थिए।
सौगात मल्लका अनुसार फिल्मले एक सामान्य गोठालोको कथा प्रस्तुत गर्छ, जसले दिनभर गाईभैंसी चराउँछ र गोरखाको संस्कृति प्रवद्र्धन गर्छ। उनले थपे, “त्यसमा पृथ्वी नारायण शाहको भूमिका पनि महत्वपूर्ण छ।” अभिनेत्री सृष्टि श्रेष्ठले भने, म वास्तविक जीवनमा टिकटक चलाउँदिन, तर फिल्ममा म टिकटक स्टारको भूमिकामा छु। अलिक फरक भूमिकामा काम गर्न रमाइलो लाग्यो।
निर्देशक निगम श्रेष्ठले फिल्ममा सामाजिक सञ्जालमा भाइरल बन्न खोज्ने साधारण पात्रको कथा समेटिएको बताए। एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको यस फिल्ममा सौगात–सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पबीले अभिनय गरेका छन्।