काठमाडौँ । बलिउड अभिनेता सलमान खानले शनिबार ६०औं जन्मदिन मनाएका छन् । उनले नजिकका आफन्त तथा साथीहरूसँग जन्मदिन मनाएका हुन् ।
सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा सलमानले पनवेलस्थित आफ्नो फार्महाउस बाहिर मध्यरातमा पापाराजीसँग केक काट्दै गरेको देखिन्छ । उनले पापाराजीसँग तस्बिर पनि खिचाए ।
सलमानको जन्मदिनका अवसरमा कडा सुरक्षा व्यवस्था थियो । सलमानले आफ्ना प्रशंसकहरूले ल्याएको केकसमेत काटेका थिए ।