काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक शनिबार बोलाएकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी सम्बन्धमा आयोजना गरिएको हो। सरकारका प्रवक्ता जगदिश खरेलले आजसम्म कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बैठकको निम्तो दिएको बताए। उनका अनुसार आजै प्रचण्डलाई पनि निम्तो दिने कार्यक्रम रहेको छ।