काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले महासचिव शंकर पोखरेललाई फोन गरी तत्काल सचिवालय बैठक बोलाउन आग्रह गरेका छन्।
उपमहासचिव भट्टराईले चुनावी तयारीसम्बन्धी विषयमा छलफल गर्न बैठक आवश्यक भएको बताए। उनले भने, “फागुन २१ गते प्रतिनिधि सभा चुनाव हुँदैछ, पुस १३ र १४ मा समानुपातिक सूची बुझाउने, माघ ६ गते प्रत्यक्ष उम्मेदवारी दर्ता, माघ ११ गते राष्ट्रिय सभा चुनाव छ। यी सबैका लागि कमिटी बैठक गरेर नाम मागिन्थ्यो, तर यसपटक तयारीको औपचारिक जानकारी छैन।” भट्टराईका अनुसार, बैठकमा उम्मेदवारको मापदण्ड बनाउने विषय पनि छलफल गरिनेछ।