काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्।
एमालेको ११औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि ओली पहिलो पटक देउवालाई उनकै निवासमा भेट्न पुगेका हुन्। हाल ओली र देउवाबीच भेटवार्ता भइरहेको नेकपा एमालेका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्। यसअघि पनि मंसिर १९ गते ओली र देउवाबीच भेटवार्ता भएको थियो।