काठमाडौँ । मेरो भ्वाइस युनिभर्सको पहिलो सिजनका उपविजेता शिशिर ठटालको धुन बोलको गीत सार्वजनिक भएको छ । मेरो भ्वाइस युनिभर्सको मञ्चबाट धेरै दर्शकको मन जितेका सिक्किमका शिशिरले मन रागिनी, मायाको रंग जस्ता गीतले अझ माया बटुलिसकेका छन् ।
गीतमा शिशिर ठटाल र गायिका रेनुका सुब्बा स्वर रहेको छ । गीतको शब्द र कम्पोज ठटाल कै रहेको छ । गीतको प्रडक्सन फसिल स्टुडियो काठमाडौँबाट गरिएको छ । अडियो मिक्सिङ र मास्टरिङ सँगै एडिस्नल अडियो डिजाइन निविर एक्सको रहेको छ ।
भिडियोको कन्सेप्ट गायिका रेनुका लिम्बुको रहेको छ भने, दीपेश तामाङ्ग, सञ्जिभनी राईले कास्ट गरेका छन । फिल्मिङ्गो स्टुडियोबाट रिलिज गरिएको यो गीतको भिडियोमा मोसिन क्षेत्रीको निर्देशन रहेको छ । यो गीतमा लगानी भने अमोन राईले गरेका छन् । https://www.youtube.com/watch?v=LOWX6MlSmhI