काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान आज बिहान ८ बजे सुरु हुँदैछ।
मंगलबार साँझ हुने भनिएको मतदान स्थगित गरिएको पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए। उनका अनुसार नयाँ नेतृत्वका लागि बुधबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ। भक्तपुर सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा भएको हो।
मतदानको सम्पूर्ण कार्यक्रम भृकुटीमण्डपमा हुँदैछ। यसअघि मंगलबार साँझदेखि मतदान हुने तय भएपछि प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसेका थिए।
तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन्। मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ।