काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदैछ । उम्मेदवारको फाइनल सूची तयार गर्न समय लागेकाले मतदान दिउँसो ४ बजेसम्मका लागि सरेको हो ।
एमालेले विद्युतीय उपकरणमार्फत् मतदान गर्न लागेको हो। विद्युतीय उपकरणमा उम्मेदवारको फोटोसहितको नाम दर्ता गर्न समय लाग्ने भएपछि दिउँसो १ बजेका लागि भनिएको मतदानको समय ४ बजेका लागि सरेको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन सकिएको एक दुई घण्टा भित्र परिणाम सार्वजनिक हुने आयोगले जनाएको छ । नयाँ नेतृत्वमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।