काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको पक्षमा मतदान गर्न प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
महासचिवमा उम्मेदवार बन्न नपाएपछि हिजो महाधिवेशनस्थलबाट मन दुखाएर बाहिरिएका ज्ञवालीले आज बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत केपी ओलीले अगुवाइ गरेको सिंगो टिमलाई विजयी गराउन अपिल गरेका हुन् ।