काठमाडौँ । नेकपा (एमाले)को ११ औं महाधिवेशनको निर्वाचन कार्यतालिका अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ।
पार्टीको निर्वाचन आयोगले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानबिनपछि मंगलबार बिहान अन्तिम नामावली प्रकाशन गरेको हो।