काठमाडौं । एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् । महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन् ।
११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दैछन् । ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित मैदानमा उत्रिएका छन् । पोखरेलले पनि अध्यक्ष पदका लागि मनोनयन दर्ता गराइसकेका छन् ।