काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। आज गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटमा निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा सामग्री सहयोग गर्ने आश्वासन दिनुभयो।
साथै, जाजरकोट भूकम्पपछिको पुनर्निर्माण र विपद्बाट क्षति भएका संरचनाको व्यवस्थापनमा पनि सहयोग दिने प्रतिबद्धता व्यक्त गरिएको छ। भेटमा गृहमन्त्री अर्यालले सुक्खा बन्दरगाहको निर्माण काम तीव्रता दिन र सीमा अपराध रोकथाम तथा सूचना आदानप्रदानमा दुवैतर्फको सहकार्यलाई प्रभावकारी बनाउन जोड दिनुभयो।