काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधि र पर्यवेक्षकका सवारीसाधन राख्न भक्तपुरका तीन ठाउँमा पार्किङको व्यवस्था गरिएको छ। काठमाडौँ पश्चिमबाट आउने सवारी गट्ठाघरबाट उत्तरतर्फ, पूर्वबाट आउने सवारी जगातीस्थित भाइरल प्लानिङमा, र सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोटबाट आउने सवारी कमलविनायक करिडोरमा राखिने व्यवस्था गरिएको छ।
यातायात व्यवस्थापन समितिका अध्यक्ष डेकनाथ गौतमका अनुसार हाल ३ हजार सार्वजनिक र २ हजार निजी सवारीसाधन पार्किङका लागि तयारी गरिएको छ। आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुन लागेको एमालेको महाधिवेशनमा भाग लिन हाल ३० प्रतिशत नेता तथा कार्यकर्ता काठमाडौँ आइसकेको बताइएको छ ।