काठमाडौँ । धावलागिरी र माविका गाउँपालिका निर्माण भइरहेको ५३.५ मेगावाटको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनामा हालसम्म ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ। अपर म्याग्दी हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनामा बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। आयोजनाअनुसार ५ हजार ७८९ मिटर लामो सुरुङमध्ये २ हजार ३६० मिटर निर्माण भइसकेको छ। धवलागिरी गाउँपालिका–४ खाम्लामा १५ मिटर अग्लो र ४० मिटर लामो बाँधको काम करिब ४५ प्रतिशत पूरा भइसकेको छ ।
विद्युत्गृह क्षेत्रको उत्खनन अन्तिम चरणमा पुगेको र छिट्टै संरचना निर्माण सुरु हुने बताइएको छ। आयोजनाले २०८३ फागुनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ। रन–अफ–द–रिभर प्रकृतिको यस आयोजनाबाट बर्सेनि ३१५ न्ध्ज विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। करिब रु ११ अर्ब २३ करोड लागतमा निर्माण भइरहेको आयोजनामा पहुँचमार्ग निर्माण, सबस्टेशन जडान र प्रशारण लाइनको अध्ययनसमेत जारी छ। हालसम्मको प्रगतिले लक्ष्यित समयमै आयोजना सम्पन्न हुने परियोजना प्रमुख ज्योतिकुमार केसीले विश्वास व्यक्त गर्नुभएको छ।