काठमाडौं। भारतको सबैभन्दा ठूलो एयरलाइन IndiGo ले शुक्रबार सयौं उडान रद्द गरेपछि देशभरको यात्रा प्रणाली थप अराजक बनेको छ। यसअघि तीन दिनदेखि कम्पनीको नेटवर्कमा व्यापक व्यवधान देखिन थालेको थियो। देशमा ६०% बजार हिस्सेदारी राख्ने र दैनिक २ हजार भन्दा बढी उडान सञ्चालन गर्ने IndiGo ले नयाँ क्रु रोस्टर नियम अपनाउन नसक्दा पाइलट अभावको सामना गरिरहेको छ।
भारतभर हजारौं यात्रुहरू अवरुद्ध भएका छन्, विशेषगरी राजधानी दिल्लीबाट हुने सबै उडान रद्द भएका कारण IndiGo का अनुसार सन्चालन पूर्ण रूपमा १० फेब्रुअरीदेखि मात्र सामान्य हुने छ। कम्पनीले नयाँ नियमका लागि अस्थायी राहत मागेको छ, जसमा बढी विश्राम समय र रातको जिम्मेवारीमा प्रतिबन्ध समावेश छ। कम्पनीले थप disruption घटाउन ८ डिसेम्बरदेखि उडान सञ्चालन कम गर्ने योजना पनि सार्वजनिक गरेको छ। सरकारले परिस्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ। संघीय हवाई यातायात मन्त्रीले कम्पनीको व्यवस्थापनमा स्पष्ट असन्तुष्टिू व्यक्त गरेका छन्।
भारतको हवाई नियामक निकायले भने व्यवधानको मुख्य कारण नियमको गलत मूल्याङ्कन र योजना सम्बन्धी कमजोरी रहेको बताएको छ। नियामकले IndiGo लाई क्रु भर्ती, प्रशिक्षण, रोस्टर पुनर्संरचना, सुरक्षा जोखिम मूल्याङ्कन लगायतका योजना तत्काल पेश गर्न निर्देशन दिएको छ।यसैबीच, एयरलाइन पाइलट्स एसोसिएसन अफ इन्डिया ले कम्पनीको लागि छुट दिने निर्णयले नयाँ नियमको उद्देश्यलाई कमजोर पार्ने र यात्रुको सुरक्षा खतरामा पार्ने चेतावनी दिएको छ। नयाँ नियम अनुसार पाइलटहरूलाई बढी विश्राम दिइन्छ र मुख्य परिवर्तनमा हप्तामा दुई रातको अवतरण गर्नुपर्ने व्यवस्था गरिएको छ, जुन पुराना नियम अनुसार छ दिन थियो।
डिसेम्बर भारतमा यात्रा लागि व्यस्त महिना हो, स्कूल छुट्टी र विवाह सिजन सुरु हुने भएकाले। क्ष्लमष्न्य ले ५ देखी १५ डिसेम्बर बीचको यात्रा लागि रद्दरपुनस्तालिका गर्ने शुल्क माफ गर्ने घोषणा गरेको छ। कम्पनीले अवरुद्ध यात्रुका लागि होटल र भोजनको व्यवस्था पनि गरेको छ। तर धेरै यात्रुहरूले सामाजिक सञ्जालमा गुनासो गरेका छन् कि अद्यावधिक जानकारी नदिँदा उनीहरू विमानस्थलमा अन्योलमा बसेका छन्। सिंगापुरका उच्चायुक्त साइमन वोंग पनि विमानस्थलमा अन्योलमा परेका हजारौं यात्रुहरूसँग सामेल हुँदा आफू शब्दहीन भएको बताए। उनले आफ्ना युवा कर्मचारीको विवाहमा सहभागी हुन नसकेको पनि जानकारी दिए। दिल्ली, मुम्बई र अन्य प्रमुख विमानस्थलहरूले यात्रुहरूलाई उडानको स्थिति जाँच गरी मात्र विमानस्थल जाने सल्लाह दिएका छन्।