काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुतिन दुई दिने भारत भ्रमण सुरु गर्दै छन्। उनी प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र दुई देशबीचको वार्षिक शिखर सम्मेलनमा सहभागी हुने छन्। भ्रमणका क्रममा दिल्ली र मस्कोले थुप्रै समझदारीपत्र MoU र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। यो भ्रमण त्यतिबेला भइरहेको छ जब अमेरिकी प्रशासनले भारतलाई रुसको तेल खरिद रोक्न दबाब दिइरहेको छ। त्यस्तै अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्ता पनि जारी राखिरहेको छ।
भारत र रुस दशकौँदेखि घनिष्ठ मित्र रहेको र मोदी–पुतिनको व्यक्तिगत सम्बन्ध पनि नजिक रहेको छ। विशेष मित्रता, व्यापार सम्झौता र भू राजनीति भएकाले पनी रुसका लागि भारतसँगको सम्बन्ध किन महत्वपूर्ण छ ? भारतको जनसंख्या लगभग १ अर्ब ५० करोड रहेको छ । हाल भारतको अर्थतन्त्र (८% भन्दा बढी) विश्वकै सबैभन्दा तेज गतिमा बढिरहेको छ । यसले भारतलाई रुसको उत्पादन र स्रोत विशेषगरी तेल को विशाल बजार बनाएको छ। भारत हाल विश्वकै तेस्रो ठूलो तेल उपभोक्ता हो। रुस–युक्रेन युद्धअघि भारतले आयात गरेको तेलको केवल २.५% रुसको थियो, तर युद्धपछि यो ३५% मा पुगेको छ। रुसले युरोपेली बजारमा पहुँच गुमाएपछि मूल्य छुट दिएको कारण भारतलाई फाइदा भउको छ ।
यसबाट भारतलाई लाभ भएको छ भने अमेरिका असन्तुष्ट छ। यसै वर्ष, अमेरिकी प्रशासनले भारतबाट आयात हुने वस्तुमा २५% अतिरिक्त शुल्क लगाएको थियो। रुसका लागि भारतलाई हतियार बेच्नु पनि प्राथमिकता हो। भ्रमणअघि भारतले अत्याधुनिक रुसको फाइटर जेट र हवाई सुरक्षा प्रणाली खरिद गर्ने योजना रहेको खबर आएको थियो। रुसले भारतलाई दक्ष श्रमिकको स्रोतको रूपमा पनि महत्व दिएको छ। साथै, पश्चिमी प्रयासहरूले रुसलाई अलग गर्न नसकेको देखाउन पुतिनको भारत भ्रमण महत्त्वपूर्ण छ पुतिनको भारत भ्रमण मोदी र भारतको विश्व राजनीति रणनीतिको दृष्टिले महत्वपूर्ण छ। मोदीले पश्चिमी दबाबका बाबजुद रुससँग संवाद कायम राख्दै रणनीतिक स्वतन्त्रता देखाएका छन्। हाल अमेरिकी–भारत सम्बन्धमा व्यापार शुल्क र अन्य विवादका कारण तनाव बढेको छ। यस सन्दर्भमा पुतिनको भ्रमण मोदीका लागि ठूलो चुनौती हुनेछ। उनी भारत–रुस सम्बन्ध बलियो देखाउँदै पश्चिमी साझेदारसँगको सम्बन्धलाई पनि सन्तुलनमा राख्न चाहन्छन्। भारत–रुसबीचको दुईपक्षीय व्यापार २०२० मा ८.१ अर्ब डलरबाट मार्च २०२५ सम्म ६८.७२ अर्ब डलर पुगेको छ।
यो मुख्यतया रुसको तेलमा भारतको उच्च खरिदको कारण हो। भारतले रुसको तेल खरिद घटाउँदै व्यापार सन्तुलन सुधार्न खोजिरहेको छ। रक्षा क्षेत्रमा भारतको निर्भरता अझै उच्च छ। भारतीय हवाई सेनाका २९ स्क्वाड्रनमध्ये धेरैले रुसको सुखोई–३० जेट प्रयोग गर्छन्। भारतले S-500 हवाई रक्षा प्रणाली र Su-57 पाँचौ–पिढ़ीको फाइटर जेट खरीद गर्ने योजना बनाएको छ। पुतिनसँग भारतले आपूर्ति समयसीमा र उत्पादन सुनिश्चितता सम्बन्धी ग्यारेन्टी खोज्नेछ। त्यस्तै, मोदीले रुसको बजारमा भारतीय उत्पादन प्रवेश गराउने, तेल र रक्षा बाहेक व्यापार विविधीकरण गर्ने प्रयास गर्नेछन्। ग्लोबल ट्रेड रिसर्च इन्स्टिच्युट GTRI का अनुसार, पुतिनको भ्रमण शीत युद्धको सम्झौताभन्दा होइनस यो जोखिम, आपूर्ति श्रृंखला र आर्थिक स्वतन्त्रता सम्बन्धी वार्ता हो। साधारण परिणामले तेल र रक्षा सुनिश्चित गर्नेछस महत्वाकांक्षी परिणामले क्षेत्रीय अर्थतन्त्रलाई पुनः रूपान्तरण गर्नेछ।