काठमाडौँ । इथियोपियाको हायली गुब्बी ज्वालामुखीबाट निस्किएको विशाल खरानी बादल रातो सागर पार गर्दै ओमान र यमन हुँदै भारतको राजधानी दिल्लीसम्म पुगेको भारत मौसम विभागले जनाएको छ।
हजारौँ वर्षदेखि निष्क्रिय रहेको यो ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि आकाशमै हजारौँ फिट उचाइमा खरानी उडालिएको थियो ।
खरानीको असर भारतका हवाई सेवा सञ्चालनमा देखिएको छ। एयर इन्डियाले ११ उडान रद्द गरेको छ । उड्डयन नियामक निकायले एयरलाइन्सलाई खरानी फैलिएको क्षेत्रमा ‘कडाइका साथ’ उडान नगर्न निर्देशन दिएको छ।