काठमाडाैिँ । युक्रेनका अग्रपंक्तिमा लडिरहेका सैनिकहरूले अमेरिकाको प्रारम्भिक शान्ति प्रस्तावबारे असन्तोष, आक्रोश, निराशा र केही हदसम्म स्वीकार्यता मिश्रित प्रतिक्रिया दिएका छन्। बीबीसीले सो प्रस्ताव सार्वजनिक भएपछि आधा दर्जनभन्दा बढी सैनिकसँग सामाजिक सञ्जाल र इमेलमार्फत प्रत्यक्ष प्रतिक्रिया संकलन गरेको हो। हाल अमेरिकी तथा युक्रेनी अधिकारीहरू प्रस्तावमा संशोधन गर्न छलफल गरिरहेका छन् र शान्ति–ढाँचा (peace framework) सम्बन्धी वार्ता जारी छ। पूर्वी युक्रेनमा तैनाथ यारोस्लाभले प्रारम्भिक प्रस्तावबारे भने,यो त कस्तो खालको प्रस्ताव हो‘ यसलाई कसैले समर्थन गर्दैन। ‘सुट्सर’ नामको आर्मी मेडिकले पनि उक्त योजनालाई यति लाजमर्दो प्रस्ताव कि ध्यान दिन लायक पनि छैन भनेर प्रतिक्रिया दिए।
तर ‘स्नेक’ नामका एक सैनिक भने भन्छन्,अब कम्तीमा केही न केहीमा सहमति गर्नुपर्ने समय आएको छ। सैनिकहरूले प्रस्तावका मुख्य बुँदाबारे यस्तो प्रतिक्रिया दिए १० विवादित विषय — भूभाग छाड्ने प्रस्ताव दिएका छन् । अमेरिकाले शान्ति प्रस्ताव ल्याएको समयमा रुसले युद्धमैदानमा उल्लेख्य प्रगति गरिरहेको छ। एक महिनामै युक्रेनले करिब ४५० वर्गकिमी भूभाग गुमाएको छ।
हाल करिब ८ लाखभन्दा बढी युक्रेनी सेनासदस्यहरु सेवाामा रहेको अनुमान गरिएको छ।
डोनबास क्षेत्र (लुगान्स्क र डोनेट्स्क) को करिब १५% भाग युक्रेनको नियन्त्रणमा छ। तर अमेरिकाको प्रारम्भिक प्रस्तावमा पूरै डोनबास क्षेत्र रूसलाई छाड्ने सुझाव थियो। लिन देऊ‘ त्यहाँ अहिले शहर–गाउँमा कोही बाँकी छैन हामी जमिनका लागि लड्दैछौँ, मानिसका लागि होइन। युक्रेनको जेनरल स्टाफमा कार्यर अधिकारी अन्द्रिई भन्छन्—यो निर्णय पीडादायी र कठिन छ, तर हाम्रै सामर्थ्यले यो क्षेत्र लामो समय जोगाउन नसकिने देखिन्छ। माट्रोस २०१८ देखि युद्धमा सक्रिय सैनिक,भन्छन् डोनबास छाड्नु भनेको हाम्रा सबै बलिदान र चार वर्षको लडाइँ शून्य बनाउनु हो।अमेरिकी प्रस्तावअनुसार युक्रेनको सेना ६ लाख मा सीमित गर्ने उल्लेख छ।
हाल अनुमानित सैनिक संख्या ८ लाखभन्दा बढी छ। युद्धपछि देश पुनर्निर्माणमा अहिलेका धेरै सैनिक आवश्यक परेको छ। सुरक्षा सुनिश्चित हुने हो भने यो ठूलो सेना राख्नु आवश्यक छैन। युद्धपछि यति ठूलो सेना देशले धान्न सक्दैन तर आर्मी मेडिक सुट्सर र ‘माट्रोस’ दुवै यो प्रस्तावलाई अस्वीकार गर्छन्। सेनै हामीलाई हार र दासत्वबाट जोगाइरहेको छ। अमेरिकाको प्रारम्भिक प्रस्तावले युक्रेनको नाटो सदस्यता अस्वीकार गरेको छ, तर युरोपेली संघको सदस्यता खुला राखेको छ। रुसले पुनः आक्रमण गरे अमेरिकाले सुरक्षा ग्यारेन्टी दिने उल्लेख छ, तर कसरी भन्ने स्पष्ट छैन। उनले ब्रिटेन र फ्रान्सले प्रस्ताव गरेको (Coalition of the Willing) आफू इच्छुक राष्ट्रको सुरक्षा बललाई प्रभावकारी भन्छन्। अहिलेको अमेरिकी सरकारका ग्यारेन्टी विश्वसनीय छैनन्।
४० युद्धपछि १०० दिनभित्र नयाँ चुनाव युक्रेनको संविधानअनुसार युद्धमा चुनाव गर्न पाइँदैन। तर अमेरिकाको प्रस्तावमा युद्ध समाप्त भएको १०० दिनभित्र नयाँ निर्वाचन गर्नुपर्ने उल्लेख छ। भ्रष्टाचारका काण्ड बढिरहेका कारण यो विषयमा सैनिकबीच पनि चर्चित रहेको छ। स्नेक भन्छन् पक्कै चुनाव आवश्यक छ, अहिलेका नेताहरूमा विश्वास छैन। सरकारलाई भ्रष्टाचारबाट सफा गर्न चुनाव जरुरी छ। तर धेरै सैनिकहरूको साझा भावना भने युद्धबाट थकान हो यदि यसले युद्ध रोकिन्छ भने‘ म यसलाई स्वकार गर्छु ।