काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले युद्ध अन्त्यका लागि अमेरिकाले तयार पारेको प्रारम्भिक शान्ति प्रस्ताव प्राप्त भएपछि आफू इमानदार रूपमा काम गर्न तयार रहेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमहरूको अनुसार, उक्त प्रस्तावमा युक्रेनले पूर्वी डोनबासमा अझै नियन्त्रणमा राखेका क्षेत्र त्याग्नुपर्ने, सेनाको आकार घटाउनुपर्ने, र नाटोमा कहिल्यै प्रवेश नगर्ने प्रतिबद्धता जनाउनुपर्ने कुरा समावेश गरेको छ ।
योजनाको मस्यौदा कसरी तयार भयो भन्नेबारे स्पष्ट नभए पनि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकाले दुवै पक्षसँग समान रूपमा समन्वय गरेको उनले बाताइन् । जेलेनस्कीको कार्यालयले जनाएको अनुसार युक्रेनले योजना अध्ययन गर्दै युद्धलाई न्यायपूर्ण रूपमा अन्त्य गर्न सकिने तरिका मा काम गर्नेछ। अमेरिकी प्रशासनको योजना रूसको पक्षमा झुकेको जस्तो देखिने सम्भावना छ । यदि प्रस्तावमा उल्लेख गरिएका बुँदाहरू पुष्टि भए, ती धेरैजसो रूसका हित अनुकूल देखिन्छन्। जेलेनस्कीले केही दिनभित्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता हुने बताएका छन्। प्रस्तावले युक्रेनले आफ्ना धेरै प्रकारका आधुनिक हथियारहरू त्याग्नु पर्ने बताउको छ ।
तर ह्वाइट हाउसले योजना युक्रेनका लागि ठूलो सम्झौता माग्ने दाबी अस्वीकार गरेको छ। लेभिटका अनुसार, “यो योजना रूस र युक्रेन दुवैका लागि उपयुक्त छ दुवै पक्षले स्वीकार गर्न याग्य प्रकृतिको छ भनेको छन् । युरोपेली संघकी परराष्ट्र प्रमुख काया कलासलाई यस प्रक्रियाबारे जानकारी नदिइएको बताएको छ । उनले भनिन् कुनै पनि शान्ति योजनालाई सफल बनाउन युक्रेन र युरोप दुवैको सहभागिता अत्यावश्यक हुन्छ। रूसको कमजोर प्रतिक्रिया यस्तो छ क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकासँग केही सम्पर्क भएको स्वीकार गरे पनि, यसलाई औपचारिक परामर्श भन्न मिल्ने अवस्था नभएको बताएको छ ।
उनका अनुसार, शान्ति सम्झौता गर्न संघर्षका जरा हरू समाधान हुनुपर्छ जसलाई युक्रेनले निरन्तर आत्मसमर्पण बराबरको माग ठान्दै आएको छ। युद्धका चार वर्ष नजिकिँदै गर्दा दुवै पक्षबीच समाधानका दृष्टिकोणमा ठूलो दूरी कायम देखिएको छ । बिहीबार राति जापोरिझियामा रूसी आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। यसअघि टर्नोपिलमा भएको मिसाइल र ड्रोन आक्रमणमा २६ जनाको ज्यान गएको छ र १७ जना अझै बेपत्ता छन्। ब्रिटिस प्रधानमन्त्री किअर स्टार्मरले युक्रेनको भविष्य युक्रेनकै हातमा रहने सिद्धान्त नबिर्सन आग्रह गरेका छन्।