काडमाडौँ । रूसले पश्चिमी युक्रेनका तीन सहरमा गरेको ड्रोन् र मिसाइल आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको छ,भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।
टेर्नोपिल शहरमा दुई ओटा आवासीय भवनमा प्रहार हुँदा ६४ जना घाइते, जसमा १४ बालबालिका रहेका छन् । यो सन् २०२२ मा युद्ध सुरु भएदेखि पश्चिमी युक्रेनमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। अन्य तीन शहरमा पनि हमला भएको छ । रूसले लिभिभ, इभानो–फ्रान्किभ्स्क र उत्तरी सहर खार्किभका तीन जिल्ला पनि निशाना बनाएको युक्रेनी प्रहरीले जनाएको छ।
खार्किभमा मात्रै ३० भन्दा बढी घाइते भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक तस्वीरहरूमा भवन र गाडीहरू जलिरहेको देखिन्छ। युक्रेनको ऊर्जा मन्त्रालयले धेरै प्रदेशमा विद्युत् आपूर्ति अवरुद्ध भएको पुष्टि गरेको छ। ४७० ड्रोन् र ४७ मिसाइल दागिएको दाबी गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले रूसले एकैदिनमा ४७० भन्दा बढी ड्रोन् र ४७ मिसाइल दागेको बताए। उनका अनुसार टेर्नोपिलमा अझै पनि दर्जनौं मानिस भवनको भग्नावशेषमा फसेका हुनसक्छन् आशंका गरिएको छ ।
जेलेंस्कीले सार्वजनिक गरेको भिडियोमा एक आवासीय भवन तेस्रोदेखि नवौ तलासम्म पूर्ण रूपमा ढलेको देखिन्छ। त्यहाँका मानिसको उद्धार कार्य जारी रहेको छ । टेर्नोपिलमा चर्च अफ आवर लेडी अफ परपेटुअल हेल्पको पछाडिबाट ठूलो धुवाँको मुस्लो देखिएको थियो। ऊर्जा संरचना, यातायात र नागरिक भवनहरू विभिन्न क्षेत्रमा क्षतिग्रस्त भएको जनाइएको छ। इभानो–फ्रान्किभ्स्कमा ऊर्जा संरचना लक्षित हुँदा घाइतेमध्ये दुई बालबालिका रहेका छन्। लिभिभमा ऊर्जा सुविधा प्रहारको शिकार भएको क्षेत्रीय प्रमुखले बताएका छन्। युक्रेनले अमेरिकी दीर्घ–दूरी र मिसाइल प्रयोग गरी रूसभित्रका सैन्य लक्ष्यहरूमा आक्रमण गरेको सार्वजनिक गरेको भोलिपल्टै रूसले यो ठूलो आक्रमण सुरु गरेको हो।
रूसी रक्षा मन्त्रालयले युक्रेनले भोरोनिझ शहरमा चार मिसाइल प्रहार गरेको तर सबै प्रतिरक्षाबाट खसालिएको दाबी गरेको छ। युक्रेनी राष्ट्रपति जेलेंस्की शान्ति पहल पुनर्जीवित गर्ने अमेरिकी प्रयासको क्रममा टर्कीको राजधानी अङ्कारातर्फ प्रस्थान गरेका छन्। उनले राष्ट्रपति रेचेप तैयप एर्दोआनसँग भेटवार्ता गर्ने छन्। अमेरिकी दूत स्टिभ विट्कफ र रूसी वार्ताकार किरिल दिमित्रीएभबीच गोप्य रूपमा शान्ति योजना तयार भइरहेको खबरबीच यो यात्रा भएको हो।
क्रेम्लिनले भने अङ्काराको वार्तामा रूसका प्रतिनिधि सहभागी नहुने जनाएको छ।रोमानिया र पोल्यान्डमा पनि सुरक्षा सतर्कता अपनाउनका लागी आवाहान गरेको छ । रोमानियाले बिहानै आफ्नै हवाई क्षेत्रबाट ८ किमी उडेको रूसी ड्रोन् देखिएको दाबी गरेको छ। पोल्यान्डले पनि पश्चिमी युक्रेनमा आक्रमण बढेपछि लडाकु विमान परिचालन गर्दै दुई विमानस्थल अनिशिचत रूपमा बन्द गरेको हो । सन् २०२५ फेब्रुअरीमा रूसी आक्रमणको चार वर्ष पूरा हुँदै गर्दा, दुबै पक्ष युद्ध नरोकीएको कारण मूलभूत रूपमा विभाजित रहेका छन्। रूसी विदेशमन्त्री सर्गेई लावरोभले राष्ट्रपति पुटिनले २०२४ मा राखेका शर्तहरूकै आधारमा मात्र शान्ति सम्भव हुने दोहोर्याए।