काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २१ फागुनमा चुनाव हुने बताएका छन् । २१ फागुनमा प्रतिनिधिसभाको चुनावको लागि अन्तरिम सरकारले काम अघि बढाइरहे पनि राजनीतिक दलहरूको सहभागितालाई लिएर शंका भइरहँदा थापाको भनाइ आएको हो ।
सोमबार एक भिडियो सन्देश जारी गर्नै उनले भनेका छन्, ‘२१ फागुनमा चुनाव हुन्छ नो इफ नो बट ।’ मतदाता नामावलीमा नाम दर्ता गराउन ६ दिन बाँकी रहेकाले मतदाता नामावलीमा नाम दर्ताको प्रक्रिया सुरु गर्न उनले अनुरोध गरेका छन् ।