काठमाडौं । चलचित्र ‘परान’ आजबाट प्रदर्शनमा आएको छ । नीर शाहको केन्द्रीय भूमिका रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।  भावनात्मक पारिवारिक कथानक ‘परान’ले हिजो भएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको थियो । अभिनेता हरिवंश आचार्यले निर्देशक दीपक आचार्यको डेब्यु चलचित्र उत्कृष्ट रहेको बताए । उनले ‘परान’ले देखाएको कथा हरेक गाउँको समस्या भएको बताए । 
चलचित्रले आफ्नो उमेरको उत्तरार्धमा रहेका एक बाबुको कथा प्रस्तुत गर्छ । चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ । चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका छन् । सम्पादन मित्र डी। गुरुङले गरेका छन् ।