काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को ५ सिट रिक्त भएको छ । कार्तिक ९ मा पाँच जनालाई डीआईजीमा बढुवा सिफारिस गरेसँगै पाँच पद रिक्त भएको हो । आइतबार वरिष्ठ उपरीक्षकहरू भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्ले डीआईजीमा बढुवा सिफारिस भएका हुन् ।
डीआईजी सिफारिस भएसँगै रिक्त एसएसपीको पाँच सिटमा बढुवा हुन योग्य १७ जना प्रहरी अधिकृतहरू प्रतिस्पर्धामा छन् । विमल बस्नेत, राम प्रकाश शाह भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोखरेल, पदम बहादुर विष्ट, सुवास चन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राज कुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलीप घिमिरे र वीरेन्द्रबहादुर शाही बढुवाका आकाङ्क्षी हुन् ।