काठमाडौं । सिरहाको मार्डर क्षेत्रमा प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै जना लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद गरिएको छ। बिहीबार बिहान गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि भाग्न खोज्दा उनीहरूलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरिएको ब्युरोले जनाएको छ। त्यसपछि प्रहरीले दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।