काठमाडौं । सरकार, दल र जेनजीबीच आज त्रिपक्षीय बैठक हुँदैछ। बैठक बुधबार दिउँसो ४ बजे बालुवाटारमा बस्न लागेको हो। प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजीसहितको त्रिपक्षीय बैठक बोलाएको उनका प्रेस संयोजक राम रावलले जानकारी दिए।
निर्वाचनको वातावरण तयार गर्नेगरी प्रधानमन्त्री कार्कीले बैठक बोलाएको उनले बताए। बैठकमा सरकाका तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरू, राजनीतिक दल र जेनजीका तर्फबाट ८–९ वटा समूहका अगुवा सहभागी हुनेछन्।
यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो। छलफलमा दलहरूले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने माग राखेका थिए भने सरकारले त्यसका लागि प्रतिबद्धता व्यक्त गरेको थियो।