काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको जनाएको हो।
नयाँ मूल्य भारतीय आयल निगमले पठाएको मूल्यअनुसार समायोजन गरिएको हो। मूल्य समायोजनसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ कायम हुनेछ। यसपटक डिजेल, मट्टितेल र हवाई इन्धन (एटीएफ) को मूल्य यथावत् राखिएको निगमले जनाएको छ।