काठमाडौँ । हमासले सोमबार हस्तान्तरण गरेका मृतक चार बन्दीको शवमध्ये एउटा नेपाली २४ वर्षीय युवक विपिन जोशीकै भएको पुष्टि स्वास्थ्य परीक्षणले गरेको छ।
जेरुसेलम पोस्टका अनुसार इजरायली सेनाले ९आईडीएफ० ले मंगलबार मृतकमध्ये गाई इलुज र विपिन जोशीका अवशेष प्राप्त भएको जनाएको छ। हमासले रेडक्रसमार्फत् बुझाएका शवका अवशेषमध्ये गाई इलुज र विपिनको भएको पुष्टिपछि आईडीएफले परिवारलाई जानकारी गराएको छ ।
इजरायलस्थित राष्ट्रिय फरेन्सिक मेडिसिन संस्थाले पहिचान प्रक्रिया पूरा गरेपछि यो घोषणा गरिएको हो। उक्त प्रक्रिया इजरायल प्रहरी र सैनिक रब्बिनेटको सहकार्यमा सम्पन्न गरिएको आईडीएफले जनाएको छ। गाई इलुजलाई जिउँदै अपहरण गरिएको थियो । उनको बन्धक अवस्थामै उपचार नपाएका चोटका कारण उनको मृत्यु भएको हुन सक्ने आईडीएफले जिकिर गरेको छ ।