काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सडकमा तमासा गरिरहेको टिप्पणी गरेका छन् । बिहीबार भक्तपुरको गुण्डुस्थित तिथली चोकमा नेकपा एमाले भक्तपुरले आयोजना गरेको विशेष राजनीतिक भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले गृहमन्त्रीलाई देश चलाउने कुरा ख्याल ठट्टा नभएको भन्दै राजनीति बुझेर चल्न चेतावनी दिएका छन् । उनले भने, ‘गृहमन्त्रीको विषयमा त मैले भएपछि थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहान्छु । राजनीति ख्याल ठट्टा होइन । देश चलाउने कुरा ख्याल ठट्टा होइन । यस कुरालाई बुझेर चल्न म सुझाव दिन्छु ।’
यस्तै ओलीले तत्काल संसद् पुनर्स्थापनाको बाटोमा जानुपर्ने बताएका छन् । उनले भने, ‘देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरेको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन, ‘संसद् विघटन असंवैधानिक छ, गलत छ, गैरकानूनी छ, अलोकतान्त्रिक छ । यो देश हितका विरुद्धमा छ, हामीलाई थाहा छैन र रु पर्खनुपर्यो फागुन २१ गते रु पर्खनु परेको छैन ।’