आज २०८२ साल भदौ १७ गते मंगलबार । भाद्र शुक्ल पक्षको दशमी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २ तारिख ।
मेष
दिन धेरै राम्रो छ । शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ । लगानीबाट नाफा हुने योग छ । दाजुभाइसँग सहकार्य गरेर काम गर्नुपर्ने देखिन्छ । राजनीतिक क्षेत्रमा भने घेराबन्दीमा पर्ने जोखिम छ।
वृष
दिन सामान्य छ । लगानी डुब्ने जोखिम छ। तपाईंको बोलीले व्यवहारमा समस्या हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । व्यापारमा घाटा हुनेछ ।
मिथुन
दिन राम्रो छ । डुब्न लागेको धनप्राप्त हुनेछ । राजनीतिमा विपक्षीको साथ मिल्नेछ । नयाँ साथीसँगको भेटले मनमा उत्साह थपिने छ । स्वास्थमा सुधार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।
कर्कट
दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ। जग्गाको कारोबारमा नाफा हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । विदेशको रमझमले मन आकर्षित हुनेछ । लगानीबाट नाफा आर्जनको समय छ ।
सिंह
दिन राम्रो छ । तपाईंका काम सफल बन्नेछ । व्यापारमा फाइदा हुनेछ । शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने छ । परिवारलाई विश्वास गर्दा धोका हुनेछ ।
कन्या
दिन सामान्य छ । बोल्दा तीन पटक सोच्नुपर्ने समय छ। विश्वास गरेका पात्रबाट असहयोग हुनेछ । परिवार भित्रबाट भने सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ ।
तुला
दिन राम्रो छ । दाजुभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा विपक्षीको साथ मिल्नेछ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ ।
वृश्चिक
दिन राम्रो छ । आम्दानी बढ्नेछ । ठुला व्यक्तिसँगको छलफलले मन प्रशन्न हुनेछ । राज्यको माथिल्लो निकायबाट साथ र सहयोग मिल्नेछ । स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ ।
धनु
दिन राम्रो छ । मन प्रशन्न रहने छ । विदेश यात्राको बाटो खुल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
मकर
दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्रामा समय जानेछ । रोगबाट मुक्त हुने योग छ । राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्ने देखिन्छ ।
कुम्भ
दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ। धार्मिक कार्यमा सहभागी हुन मन शान्त बन्नेछ । गुरुसँगको भेटले नयाँ योजना तर्जुमा हुनेछन् । यात्रामा कष्ट हुने भएकाले लामो दूरीको यात्रा नगर्नु उचित हुन्छ ।
मीन
दिन सामान्य छ । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ । गुरुबाट असहयोग हुनेछ । मिहिनेतको फल प्राप्त भए पनि राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुन्छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।