काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरीका अनुसार बंगलादेशको ढाका हुँदै शुक्रबार बिहान काठमाडौँ आइपुगेका भारतीय नागरिक शिवकुमार चौहानलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो। विमानस्थलमा जाँच गर्ने क्रममा उनको साथबाट करिब चार किलो थाई गाँजा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका चौहानमाथि लागुऔषध ओसारपसारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।