काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको राजीनामा माग गरेका छन् ।
इजरायलमा हमासको बन्धक बनेका नेपाली नागरिक विपिन जोशीको उद्धारमा परराष्ट्र मन्त्रालयले प्रभावकारी पहल गर्न नसकेको भन्दै उनले मन्त्री र मन्त्रालय दुवैको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन् ।
शाहीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका अभिव्यक्तिमा परराष्ट्र मन्त्री देउवा र परराष्ट्र मन्त्रालयका कर्मचारीहरूको आलोचना गर्दै उनीहरूमा कूटनीतिक ज्ञानको अभाव रहेको आरोप लगाएका छन् ।