काठमाडौं । सरकारले भारतमा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) मा बेन्टामवेट च्याम्पियन रवीन्द्र ढाँटलाई पाँच लाख रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार उनका प्रशिक्षकलाई पनि दुई लाख रुपैयाँ दिइने भएको हो ।
‘रवीन्द्र ढाँटलाई अस्ति बसेको मन्त्रिपरिषद्को बैठकले प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । यस्तै, उनका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिने पनि निर्णय भएको छ,’ प्रधानमन्त्री ओलीले फेसबुकमार्फ जानकारी दिए ।
यसअघि, मंगलबार काठमाडौं महानगरले ढाँटलाई दुईलाख नगदसहित सम्मान गरेको थियो ।गत साउन १७ गते भारतको नोएडामा भएको फाइनलमा त्यहाँका नम्बर वान चेग्रोन कोरेनलाई नकआउट गर्दै उनी च्याम्पियन बनेका थिए ।