काठमाडौँ । विपिनको जोशी रिहाइका लागि सोमबार इजरायल पुगेकी कञ्चनपुरकी पद्मा जोशीले रुँदै आफ्ना छोरा छाडिनदिन हमाससँग अनुरोध गरेकी छन्। यसैबीच उनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन भनी उनका आमा पद्मा र बैनी पुष्पा सोमबार इजरायल गएका हुन्।
उनीहरू त्यहाँको बेन गुरियन विमानस्थलबाट बाहिर निस्किनासाथ पत्रकारहरूले घेरेका थिए। द टाइम्स अफ इजरायलका अनुसार त्यस क्रममा विपिनकी आमा पद्माले रुँदै भनिन्, ‘कृपया! मेरो छोरालाई बचाउनुहोस्,‘हमास, उसलाईे तत्काल घर फिर्ता पठाइदेऊ। कृपया ! ‘उसलाईे घर फर्काइदेऊ हमास’
विपनकी बहिनी १७ वर्षीया पुष्पाले समर्थनका लागि इजरायली जनता र इजरायल ल्याइदिने सरकारी अधिकारीहरूलाई धन्यवाद दिइन्। उनले भनिन्, ‘आफ्नो शैक्षिक कार्यक्रमअन्तर्गत पढ्न इजरायल आएको मेरो दाइ युद्धमा फस्यो जसँग उनको कुनै सरोकार छैन।’