काठमाडौं । अस्ट्रेलियाले अब १६ वर्षमुनिका बालबालिकाका लागि युट्युबमा प्रतिबन्ध लगाउने भएको छ ।
अष्ट्रेलियाली सरकारले बुधबार १६ वर्षमुनिका बालबालिकाका लागि फेसबुक, इन्स्टापछि युट्युबमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।१६ वर्षमुनिका किशोरकिशोरीहरुको लागि सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धमा युट्युब पनि समावेश गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयर्टसले जनाएको छ ।
यसअघि युट्युबलाई यो प्रतिबन्धबाट अलग राखिएको थियो । तर अहिले सोही छुटलाई उल्ट्याएको हो । गुगलको स्वामित्वमा रहेको युट्युबलाई छुट दिएको थियो। उक्त प्रतिबन्ध २०२५ डिसेम्बर १० देखि लागू हुने उल्लेख गरिएको छ ।