काठमाडौँ । रुसमा बुधवार छैटौँ सबैभन्दा ठूलो भूकम्प भएको छ । बुधबार बिहान को क्याम्च्याट्का प्रायःद्वीपमा ८।८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको हो । क्याम्च्याट्का क्षेत्रमा गएको भूकम्प २०११ मा जापानमा गएको विनाशकारी भूकम्पपछि विश्वमै अहिलेसम्म गएको सबैभन्दा शक्तिशाली भूकम्प हो ।
जापानको भूकम्पले ठूलो सुनामी ल्याएको थियो भने जापानलाई ध्वस्त अवस्थामा पु र्याएको थियो। भूकम्पपछि प्रशान्त महासागरको तटमा रहेका धेरै ठाउँमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय (यूएसजीएस)का अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्च्याट्का प्रायःद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो। भूकम्प अहिलेसम्म अभिलेखमा भएकामध्ये छैटौँ भएको पनि यूएसजीएसले जनाएको छ।