काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित तीर्थस्थल हरिद्वारामा पर्ने मानसादेवी मन्दिरमा भागदौड मच्चिएको छ । भागदौडका क्रममा ६ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय समाचार संस्था एएनआईका अनुसार घटनामा अरु थुप्रै घाइते भएका छन् । प्रहरीका अनुसार हालसम्म ३५ जनालाई अस्पताल लगिएको छ । मानसादेवी मन्दिरलाई हरिद्वारको पाँच तीर्थमध्ये एक मानिन्छ ।
प्रारम्भीक जानकारीअनुसार भीडमा विद्युतीय झट्का लागेको हल्ला फैलिएपछि भागदौड शुरु भएको थियो । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार हाल घटनास्थलमा राज्यको विपद प्रतिकार्य बल र स्थानीय प्रहरीले उद्धार तथा राहत कार्य गरिरहेका छन् ।मुख्यमन्त्री धामीले आफ्नो प्रशासनले घटनालाई नजिकबाट नियालिरहेको जनाएका छन् ।