काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी भएका छन् ।
संघको शनिबार (जुलाई २६ मा) सम्पन्न निर्वाचनमा कुँवरले सन्जीव ढकाल गोर्खाली र भैरव ढकाललाई भारी मतान्तरले पराजित गरेका छन् ।
उनले नर्दन टेरोटेरीबाट सन्जीव गोर्खाली ढकाल (२१२६) र पर्थ (पश्चिम अस्ट्रेलिया) (३७२७) बाट भैरव ढकाललाई हराएका हुन् ।
१६ हजार १ सय २१ मतदाता रहेको अस्ट्रेलियाबाट कुँवरले १३७०१ खसेको मतबाट ६८३९ मत पाए ।झन्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर यसअघि संघको महासचिव रहेका थिए ।
यसअघि कुँवर एनआरएनए अस्ट्रेलियाको राज्य संयोजक (२०१७–२०१९), आईसीसी सदस्य (२०१९–२०२१), र ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१–२०२३) को जिम्मेवारीमा बसिसकेका छन् ।
कुँवरले यसअघि नेपाल महोत्सव, खेलकुद कार्यक्रमहरू जस्ता सफल आयोजनाहरूलाई नमूना कार्यक्रमको रूपमा विस्तार गर्ने योजना पनि अगाडि सारेका छन् ।
निर्वाचनबाट उपाध्यक्षमा (एनआरएन अस्ट्रेलियाका अहिलेका प्रवक्तासमेत रहेका बबिन मिश्र विजयी भएका छन् । यस्तै महासचिवमा क्यानबेराबाट चुणमणि सापकोटा निर्वाचित भए । कोषाध्यक्ष पदमा निजन चौलागाई निर्वाचित भए ।