काठमाडौँ । हालै निर्वाचित महेश श्रेष्ठ नेतृत्वको एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद आईसिसीले अष्ट्रेलियामा एकता अधिवेशन गराउने जिम्मा विवेक थापालाई दिएको छ । थापाको नेतृत्वमा आगामी सदस्यता वितरण, निर्वाचन प्रकृया सफल र सर्वमान्य बनाउन उक्त जिममेवारी दिईएको हो ।
अष्ट्रेलियामा हाल काम गरिरहेको अनिल पोखरेल नेतृत्वको एनआरएनएले आगामी जुलाई २६ मा निर्वाचन घोषणा गरेको छ । १५ हजार बढी सदस्यता विवतरण भएर, अभियन्ता डिल्ली ढकालको नेतृत्वमा निर्वाचन समिति समेत गठन भएको छ ।
तर, महेश श्रेष्ठ नेतृत्वको एनआरएनए अभियन्ताहरुले भने सहकार्य गरेर जान आग्रह गरिरहेका छन् । यसैविच विवेक थापा नेतृत्वको अधिवेशन समिति घोषणा भएको हो ।
आफुलाई आएको निर्देशनबारे विज्ञप्ती जारी गर्दै थापाले एनआरएनएका वर्तमान तथा पुर्व जिम्मेवार नेतृत्व तथा समुदायका सबै तह र तप्काका साथीहरुसँग छलफल र सहमतीपछि समितीलाई पुर्णता दिइने बताएका छन् ।