काठमाडौं । चलचित्र विकास बोर्डले सबैभन्दा धेरै व्यापार गर्ने २५ चलचित्रका निर्मातालाई सम्मान गर्ने भएको छ । बोर्ड स्थापना भएको २५ वर्ष पुगेको अवसरमा सबैभन्दा धेरै व्यापार गर्ने २५ चलचित्रका निर्मातालाई सम्मान गर्ने भएको हो ।
पाँच करोडभन्दामाथि भएका अधिकतम् व्यापार गर्ने पहिलो २५ चलचित्रका निर्मातालाई सम्मान गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ । तर, यसका लागि चलचित्र वितरकले निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजात सात दिनभित्र पेस गर्नुपर्नेछ ।
