काठमाडौं । भारतको अहमदाबाद दुर्घटनाग्रस्त भएको विमानमा सवार एक व्यक्तिको जीवितै उद्दार भएको छ ।
यसअघि विमानमा सवार २४२ जना यात्रुकै मृत्यु भएको स्थानीय प्रशासनले जानकारी गराएपनि एक जना व्यक्ति जीवितै रहेको पाइएको भारतको न्यूज१८ डटकमले जनाएको छ ।
दुर्घटनामा जीवित रहेका व्यक्ति ४० वर्षीय विश्वास कुमार रमेश रहेको भनिएको छ । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ ।