काठमाडौँ । गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन्। सांगीतिक कार्यक्रमका लागि रुकुम(पश्चिम पुगेकी उनी बिरामी भएपछि अस्पताल ल्याइएको हो।
सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर रुकुम-पश्चिमबाट नेपालगन्ज लगिएकी रचनालाई मंगलबार बिहान काठमाडौँ ल्याइएको हो।अहिले उनी काठमाडौँको ह्याम्स अस्पतालमा उपचाररत छिन्। सोमबार रुकुम-पश्चिम पुगेकी उनले मंगलबार सानीभेरीको बेलटापुमा जारी महोत्सवमा प्रस्तुति दिने कार्यक्रम थियो।