काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिको सदस्यमा संचारकर्मी कुवेर गिरी र फिल्मकर्मी भगवतीकुमारी मैनाली (भीमा) नियुक्त भएका छन् ।
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीस्तरीय निर्णयबाट बुधबार उनीहरूलाई सदस्यमा नियुक्त गरेका हुन् । गिरी २ दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय छन् । नेपाल टेलिभिजनका लागि आधा दर्जन टेलिसिरियल, चलचित्र सम्बन्धि कार्यक्रम समेत निर्माण, निर्देशन गरेका गिरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।
दुई दशक लामो फिल्म करिअरमा मैनालीले कलाकार, लेखक र निर्देशक भएर काम गरेकी छन् । उनले चलचित्र विकास बोर्डको अध्यक्ष पद्मा समेत आवेदन दिएकी थिइन् ।