काठमाडौं । ७२ औं मिस वर्ल्डको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिबार बेलुका भारतको तेलांगानास्थित हैदराबादमा आयोजित फिनालेमा उनले उपाधि जितिन् ।
विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्याइदिइन् । इथियोपियाकी विजेता उपविजेता घोषित भइन् । पोल्याण्ड र मार्टिनिकका विजेता क्रमशः तेस्रो र चौंथो उपविजेता घोषित भए।
अन्तिम चारमा अमेरिका तथा क्यारेबियनबाट मार्टिनिक, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्याण्ड र एसियाबाट थाइल्याण्डबीच प्रतिस्पर्धा भएको थियो ।