काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी हुने बताएका छन । उनले सोमबार युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग फोनमा कुराकानी हुने बताएका हुन। ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले बिहान १० बजे फोनवार्ता हुने जानकारी दिएका हुन्।
त्यसपछि उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेंस्की र केही नेटो राष्ट्रका नेताहरूसँग पनि कुरा गर्ने बताएका छन्। शुक्रबार टर्कीको इस्तानबुलमा युक्रेन र रुसबीच तीन वर्षपछि प्रत्यक्ष वार्ता भएको थियो । वार्तामा ठोस सहमति भने हुन सकेन।
तर वार्ताको दौरानमा दुबै पक्षबीच बन्दी साटासाटमा गर्ने सहमति भने भएको थियो। ट्रम्पले यदि पुटिन पनि उपस्थित हुने हो भने आफू वार्तामा सहभागी हुन तयार रहेको बताएका थिए । तर पुटिनले त्यसलाई अस्वीकार गरेका थिए।