काठमाडौं । विश्वका पश्चिमी शक्तिसाली देशहरुको समूह जी-७ ले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र युद्ध भन्दा वार्ताबाट समस्या समाधानका लागि अपिल गरेका छन्।
यो वतव्य आज मात्रै पाकिस्तानले औपचारिक रुपमा भारत विरुद्ध प्रतिकार गर्ने घोषणा गरेपछि आएको हो। जी ७ देशहरुको समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, ब्रिटेन तथा अमेरिका रहेका छन्।
क्यानडाबाट जारी गरिएको विज्ञप्तीमा २२ अप्रिलमा भएको जम्मू-कश्मीर स्थित पलगाममा पर्यटकमाथि भएको हमलाको कडा निन्दा गरिएको छ। यो सँगै भारत र पाकिस्तानलाई संयमित भएर अघि बढ्न आग्रह गरीएको छ। ‘हामी चाहन्छौंकी दुबै देश तनाब बढाउने तर्फ नभइ वार्तामा बस्नु पर्छ र समस्याको शान्तिपूर्ण समाधान तर्फ अघि बढ्नु पर्छ।’
जी-७ को विज्ञप्तीमा भनिएको छ।त्यस्तै साउदी अरेबियाले पनि दुबै देशलाई युद्धबाट नभइ वार्ताबाट समस्या समाधानका लागि आग्रह गरेको छ। साउदी अरेबियाका विदेश राज्य मन्त्री अदेल अल-जुबैरले भारत र पाकिस्तानको भ्रमण गरेका थिए। यस दौरान उनले भारतका विदेश मन्त्री एस जयशंकर तथा पाकिस्तानमा पनि उच्च राजनीतिक भेटघाट गरेका थिए। उनी फर्किएपछि साउदीले सैन्य टकराव रोक्न आग्रह गरेको हो।