काठमाडौं । भारत सरकारले त्यहाँको समाचार पोर्टल ‘द वायर’माथि प्रतिबन्ध लगाएको छ । भारत र पाकिस्तानबीच जारी तनावबीच यसका सामग्रीलाई लिएर सरकारले प्रतिबन्ध लगाएको हो ।
यो अनलाइनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका गतिविधिहरूमाथि आलोचनात्मक सामग्रीहरू पस्किँदै आएको थियो ।
द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनका अनुसार, कम्तिमा दुई वटा इन्टरनेट सेवा प्रदायकले सेवाग्राहीलाई सरकारको आदेश अनुसार ‘द वायर’ नखुलेको सूचना दिएको छ ।
यता भारतका दुई वामपन्थी दल भाकपा मार्क्सवादी र भाकपाले समाचार पोर्टल ‘द वायर’माथि प्रतिबन्ध लगाएकोमा विरोध जनाएका छन् ।