काठमाडौं । भारतको उत्तराखण्ड स्थित उत्तरकाशी जिल्लामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । भागीरथी नदी नजिकै हेलिकप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
घटना लगत्तै प्रहरी, सेना बल, विपद् व्यवस्थापन टोली एम्बुलेन्स सहित घटनास्थलमा पुगेका छन् । हेलिकप्टर तीर्थयात्रीहरू बोकेर बद्रीनाथबाट देहरादून जाँदै थियो ।